" तीजका गीतहरु बज्न थाले जताततै, नाच्न लागे दिदि-बहिनीहरु रमाई रमाई, सुखदुख सम्झेर झुम्न लागिन् वरिपरि"
पोते र चुरामा बेरियेकिछौ,
सिन्दुर र टिकामा धपक्क बलेकिछौ ।
भोका र नांगा धेरैछन यो देशको हकमा ।
रुढिबादी परम्परालाई तोड्नुपर्छ गाउघरमा,
मिलेर एकजुट हुनुपर्छ नारीको हकमा ।
आङखस्ने रोग ले सताएकोछ आमाहरुमा ।
मातृ मृत्युदर चुलिदै गएकोछ यो देशमा ।
बिधुवाहरु बढेकाछन् दन्द्द कालमा ।
प्रसुतीगृहको कमिले मृत्यु हुँदैछन पहाडमा ।
मीलेर एकजुट हुनुपर्छ नारीको हकमा ।
रातो सारी, हरियो पोते लगाएर नाच्नुपर्छ यो तीजमा,
पानी नाखायी बर्त बस्नुपर्छ मायाको हकमा ।
परम्परालाई बिर्सिनुहुन्न आधुनिकताको नाममा ।
हाम्रो अधिकारको बारेमा लेखिनुपर्छ यो नयाँ नेपालमा .......



