Thursday, August 18, 2011

कहाँ छ मेरो देश ?

दौडीरहेकि थिए देशको झन्डा बोकेर,
कराउदै थिए नेपाल बनाऊ हीड भनेर,
खुट्टा नांगा थिए, पेट भोको थियो,
काधमा परिवारको संजाल थियो,
टाउकोमा देशको भार थियो
कसलाई बिसाउ, कसलाई बोकी हीडौ ?
तिमिलाई खुवाउदा, देश भोकाऊछ
तिमिलाई मायागर्दा, देश बिग्रिन्छ


कालकोठरीमा छोरीबेटीहरु छटपटाइ रहेकीछन् छुटकारा निम्ति,
भौतारिरहेका छन्  युवाहरु रोजगारीका निम्ति,
दिनभरी हिडदैछन् नारीहरु पीउने पानिका निम्ति,
बालकहरु रोयिरहेकछन एक एक गाँस निम्ति



म  हिडीरहेकीछु,  दौड़ीरहेकिछु,  भागीरहेकी  छु,
कहाँ छ मेरो सुन्दर देश ? कहाँ छ मेरो प्यारो देश ?
बुद्धको देश र उपदेश खोजेरहेकी छु 
मेरो देश, प्यारो देश नेपाल कहाँ छौ ?
क्षितिजबाट बोलाइ रहेको छ  मलाई


आहा !! देखेमैले मेरो देश नेपाल देखे मैले !!!
हिमालहरु हाँसि रहेका छन्
बनका फाँटहरुमा चराहरु गायीरहेक छन्
बगैचामा सुन्दर फूलहरु फुलेका छन्
तीजका  गीतहरुमा दिदिबहिनीहरु नाचिरहेकी छन्
बालकहरु बृद्दहरुको काखमा खेलिरहेक छन्


त्यो स्वर्गमा पुगेर म पनि रमाए,
त्यो आनन्दमयी हावाले झन्डा पनी फरफराउन थाल्यो
केहीगरु भन्ने जागर म मा पनि आउन थाल्यो


उठ्दैछु म, हिडदैछु म, दौड़दैछु म, कराउदैछु म..
मेरो देश नेपाल...
प्यारो देश नेपाल..
सुन्दर देश नेपाल ...
शान्तीको देश नेपाल...











No comments:

Post a Comment

My Arts Clollection - The colours of life

You have colorful life like Nature- Just , Just identified and put the paint in your life canvas :-)