आफ्नै देशमा परदेशी भएछु।
आफ्नै घरमा बिरानो भएछु।।
सधै हिडीरहने बाटोमा बटुवा पो भएछु ।।।
एकदशक बितिसक्यो परदेशीएको,
सोचेर गएको थिए घरसंसार बसौला भनेर ।
सपना देखेको थिए फूलहरु फूलाउला भनेर,
फर्किदा न फूल थियो, न घर थियो
केवल माकुराको जालो थियो ।।
जतिनै कष्ट पाएपनि हाँसी हाँसी सहेको थिए ।
सुख पाउला भन्ने आशमा , दुखलाई मेटाउदै गएको थिए ।।
सुख त पाउन सकिन , दुख झन् झन् बढी पो भएछ ।।।
रोपेर गएका फूलहरु पनि मुर्झाउन लागे ।
आफ्नै घरको बाटो पनि बिराउन लागे ।
साचेर राखेका ढुंगाहरु पनि भत्किन लागे ।
अबत आफ्नै घरको कुकुरपनी भुक्न लागे ।
आफ्नै देशमा परदेशी भएछु।
आफ्नै घरमा बिरानो भएछु।।
सधै हिडीरहने बाटोमा बटुवा पो भएछु...........
No comments:
Post a Comment