Friday, September 7, 2012

रंगीचंगी पुतली




चिरिबिरी चिरिबिरी चराहरु उडेको,

रातो, नीलो, पहेलो फूलहरु फुलेको,

रंगीचंगी पुतली उडि-उडी बसेको,

हामी सबै साथीहरु उफ्रि-उफ्री खेलेको ।




निलो निलो आकाशमा बादलहरु हिंडेको,

चिसो चिसो हावाले पातहरु हल्लेको,

सिमसिमे पानीमा साथीभाई रमाको,

परबाट इन्द्रेणी ले हामीलाई बोलाको ।





लुकिछिपी लुकिछिपी खेल्दै हाम्रो साथी लडेको,

चोर पुलिस खेल्ने भनी हामी सबै रमाको,

घरघर बाट आमाले कराई कराई बोलाको,

भोली भेट्ने बाचागरी टिप्पा टिप्पा गरी भागेको ।

My Arts Clollection - The colours of life

You have colorful life like Nature- Just , Just identified and put the paint in your life canvas :-)