रातो, नीलो, पहेलो फूलहरु फुलेको,
रंगीचंगी पुतली उडि-उडी बसेको,
हामी सबै साथीहरु उफ्रि-उफ्री खेलेको ।
चिसो चिसो हावाले पातहरु हल्लेको,
सिमसिमे पानीमा साथीभाई रमाको,
परबाट इन्द्रेणी ले हामीलाई बोलाको ।
चोर पुलिस खेल्ने भनी हामी सबै रमाको,
घरघर बाट आमाले कराई कराई बोलाको,
भोली भेट्ने बाचागरी टिप्पा टिप्पा गरी भागेको ।


No comments:
Post a Comment