![]() |
| नारी तिमी |
नारी तिमीलाई सरस्वती को रुपमा पुजिन्छ ।
नारी तिमीलाई लक्ष्मी को रुपमा पुजिन्छ ।
मन्दिरमा तिमीलाई पुजिन्छ नारी ।
घरमा तिमीलाई कुटिन्छ नारी ।
हिमालमा तिमीलाई राखिन्छ नारी ।
तराई मा तिमीलाई जलायिन्छ नारी ।
बिद्याकि देवी भनेर पाठसालाहरुमा पुजिन्छ ।
बिद्यालय जाने बेला घरको काममा लगायिन्छ ।
सानै उमेरमा विवाहको गन्ध्रवामा बधिन्छ ।
ससुराली गएपछी अशिछित भनेर हेपिन्छ ।
धनकि देवी भनेर घरको सुन्दर स्थानमा पुजिन्छ,
परेको बेलामा एक एक पैसाको लागि तड्पायिन्छ ।
तिमीसंग जतिनै अपार सम्पति भएपनि,
कानुनी र सामाजिक संजालबाट बन्चित गरायिन्छ ।
नारी तिमीले अरुको खुसि मा खुसि हुनुपर्ने,
नारी तिमीले अरुको दुख मा दुखि हुनुपर्ने।
तिम्रो खुसि मा को ले खुसि हुने ?
तिम्रो दुखमा को ले दुखि हुने ?
तिमि रजस्वला हुदा कालकोठरीमा राखिन्छ,
तिमि सौभाग्यवती हुनलाई पनि नखाई ब्रत बसायिन्छ ।
तिमीले मान्नै पर्ने सबै धर्म कर्म,
तिमीले मान्नै पर्ने सबै बिधि बिधान ।
तिमि नारी भएकै कारणले पुजिंछौ।
तिमि नारी भएकै कारणले बेचिंछौ।
तिमि नारी भएकै कारणले बलात्कृत हुन्छेउ ।
तिमि नारी भएकै कारणले अपहेलित हुन्छेउ ।
नारी खै त तिमीलाई बहिनी पूजा ?
नारी खै त तिमीलाई रक्छ्या बन्धन ?
नारी खै त तिमीलाई तीज बर्त ?
नारी खै त तिमीलाई सीता भनि पूजेको ?
नारी खै त तिमीलाई पार्वती भनि पूजेको ?
नारी खै त तिमीलाई राधा भनि पूजेको ?
नारी खै त तिमीलाई येशोधरा भनि पूजेको ?
नारी तिमि प्रकृतिको अनुकम्प उपहार हौ,
जेभएपनि तिमि हासी हाँसी हाँसी सहन्छौ।

woderful kabita ! nepali nari aandolan ma naya prativa ko udayman bhayeko chha ! yeslai ahaj sasakta banayer lijanu hola hamro sadbhava sadhi tapai sangh rahanechha !!!!!11
ReplyDelete@Arjun Hamal ji.. thanks you soo much..
ReplyDelete