कलम पनि हातमा छ, मन पनि साथमा छ।
तर मेरा बिचारहरु, मेरा भावनाहरु
आज तिमि कता हरायौ।
खोज्दैछु कलम चलाउन, चल्दैन कसैगरी किन आज येस्तो मनपरी ?
आउ मेरा बिचारहरु, मेरा भावना बनेर पोखीदेउ
भित्र लुकेर बसेका सब्दहरुलाई सेतो कागजमा कोरीदेउ।
ति थिचिएर, कुन्ठिएर बसेका
बिचारलाई पाण्डुलिपिमा उतारिदेउ।
ति बिचारहरुले, ति भावनाहरुले
संसारमा नया ज्योति फैलाइ देउ।
अनुरोध छ तिमीलाई फर्केर आउ,फर्केर आउ, फर्केर आउ।।
बिस्तारै बिस्तारै कलम चलीरहेछ.....
जसरी पतझड को मौसममा बसन्तको पदचाप सुनिन्छ।
जसरी रुख बाट सुखेका पातहरु खस्दा नया पालुंगोको धवनी सुनिन्छ।
जसरी साँझ डुबिरहेको सुर्यमा बिहानी झल्को को आभास हुन्छ।
जसरी मृत्युमा नया जन्मको इच्छा लिएर हिडेको हुन्छ।
जसरी अध्यारोलाई दियोले प्रकाश दिएर हटाएको हुन्छ।
मेरा भावनाहरुले एउटा नयाँ प्रकाश छर्ने छ।
नयाँ जीवनको खोज, नया उमङ्ग, नयाँ जागर थपेर जानेछ।
तर मेरा बिचारहरु, मेरा भावनाहरु
आज तिमि कता हरायौ।
खोज्दैछु कलम चलाउन, चल्दैन कसैगरी किन आज येस्तो मनपरी ?
आउ मेरा बिचारहरु, मेरा भावना बनेर पोखीदेउ
भित्र लुकेर बसेका सब्दहरुलाई सेतो कागजमा कोरीदेउ।
ति थिचिएर, कुन्ठिएर बसेका
बिचारलाई पाण्डुलिपिमा उतारिदेउ।
ति बिचारहरुले, ति भावनाहरुले
संसारमा नया ज्योति फैलाइ देउ।
अनुरोध छ तिमीलाई फर्केर आउ,फर्केर आउ, फर्केर आउ।।
बिस्तारै बिस्तारै कलम चलीरहेछ.....
जसरी पतझड को मौसममा बसन्तको पदचाप सुनिन्छ।
जसरी रुख बाट सुखेका पातहरु खस्दा नया पालुंगोको धवनी सुनिन्छ।जसरी साँझ डुबिरहेको सुर्यमा बिहानी झल्को को आभास हुन्छ।
जसरी मृत्युमा नया जन्मको इच्छा लिएर हिडेको हुन्छ।
जसरी अध्यारोलाई दियोले प्रकाश दिएर हटाएको हुन्छ।
मेरा भावनाहरुले एउटा नयाँ प्रकाश छर्ने छ।
नयाँ जीवनको खोज, नया उमङ्ग, नयाँ जागर थपेर जानेछ।

No comments:
Post a Comment