Wednesday, April 4, 2012

जताततै झमक नै झमक !!




चुपचाप लागेर बसेकी भए ये झमक,
तिमि झुन्डाएर राखेको तस्बिर हुनेथियौ

पाउले कलम चलाएर बोलीदीयौ,
...
तिमि नेपाल आमाकी चेली बनीदीयौ।
हातका नंग्रा खीयाउन नपाए पनि,
खुट्टाका नंग्रा खीयाई क्रान्ति ल्याइदीयौ




ति युवाहरुलाई... सीखायी दीयौ जीवनका पाठहरू,
जो संग कर्मठ हातहरु छन्,
जो संग हिड्ने खुट्टाहरु छन्,
जो संग बोल्ने मुख छन् ...
तैपनि अरुको भरमा बाची रहेकाछन ।


ये झमक!! दुख,बेदनाको तिमीसंग कुनै अन्त थिएन
यीनैलाई जीवनको खुसियालीका सुरुवात मानी हीडीरहेउ...

धुलो, माटो, अंगार र ढुंगाहरु तिम्रा खेलौना बनि..
खुट्टाबाट बगेका रगतका थोपाहरूले एस देशको माटोमा अक्षरहरु कोरिए।


आज!! आज येही धर्तीमा तिम्रा पाउले लेखेका लेख र किताबहरु छापिदैछन्।।
हासीरहेकोछ देशपनि तिमि देखि झमक.. यो धर्तिपनी तिम्रो मुहारको चमक देखि झमक ।।


19 March 2012 10:40 pm

No comments:

Post a Comment

My Arts Clollection - The colours of life

You have colorful life like Nature- Just , Just identified and put the paint in your life canvas :-)