Monday, November 14, 2011

अबुझ यात्री


तिमीलाई थाहा छैन
म कुनै पात्र होइन
म कुनै यथार्थ होइन
म मौनता मा डुबेकी,
जीवनका बाटाहरुमा
निशब्द हिडिरहेकी,
अबुझ यात्री हु म
हल्लाहरुले छुदैन मलाई,
मानिसहरु को भिडमा पनि
एक्लिएकी हुन्छु  म
संसारको बदलिएको
आभाष भएको थियो,
संसार त उही हो
मान्छे पो बदलिए छ
भगवान जीवन त दीयौ,
जीउने कसरी ?
त्यो मेरै हातमा छ
खुसि पनि हुन सक्छु
ढुखी पनि हुन सक्छु
अनुभवको सागर थुप्रिदै छ
जिन्दगी पनि सरल र
स्वछयताका साथ
बग्दै गएको छ.........

No comments:

Post a Comment

My Arts Clollection - The colours of life

You have colorful life like Nature- Just , Just identified and put the paint in your life canvas :-)