गंगालाई सोधे...
कहाँ तिम्रो गन्तब्य हो भनेर
सागरनै हो मेरो प्रियत्मा भनेर,
खोजीमा आफ्नो प्रियत्मालाइ,
चिर्दै जान्छिंन हिमाल पहाड कन्दरा,
सागर तिमि जतिनै टाढा भएपनि,
सागर तिमि जतिनै गहिराइमा भएपनि,
पुगीहाल्छु तिमि सामु जसरि भएपनि।
चादनीलाई सोधे...
तिमीमा किन दाग भनेर?
तिमीमा किन दाग भनेर?
मुहारमा जतिनै दाग भएपनि,
मन त छ उज्यालोनै उज्यालो भनेर।
मुहारको उज्यालोत मेटिन्छ क्षणभरमा,
मुहारको उज्यालोत मेटिन्छ क्षणभरमा,
मन को उज्यालो ले साथ दिन्छ जीवन भरमा।।
धर्तिलाई सोधे...
पीडा किन यति सहन्छेउ यति भनेर ?
नसहे पीडा चल्दैन जीवनको बीणा ।
गाउदैनन् चराचुरुंगी, फुल्दैनन फुलबिरुवा,
नाच्दैनन मजुर बनमा, हास्दैनन हिमाल पहाडमा,
पीडा सहेर दिन्छु, मुस्कान सबै को मुहारमा।।
तिमि यति ममतामै किन भनेर ?
नौ महिना गर्भमा राखेर, खून पसिनाले सीचेर
भुलिदेउ कसरि निस्टुरी बनेर।
आमा नै ममता हो, ममता नै आमा हो
येही भन्ने बुजेर....




No comments:
Post a Comment