Thursday, September 8, 2011

आमा मेरी आमा


आमा मेरी आमा तिमि छौ कता ?
आउछ तिम्रो सम्जना सदा सदा
पोख्दैनौ किन आफ्नो पीडा ?
म त बसाई सरेर आईसके,
नयाँ संसारमा रमाई सके ।

आमा मेरी आमा तिमि छौ कता ?
सम्जेर मलाई रुन्छेउ होलाऊ।
चाडवाडमा कुरेर बस्छेउ होलाऊ।
म त नयाँ रमझममा भुलेसके।
नया रितिरिवाजले घेरिसके।

आमा मेरी आमा तिमि छौ कता ?
म सधै हिड्ने बाटोलाई हेर्छेउ होलाऊ।
म सुत्ने कोठामा बस्छेउ होलाऊ।
म त जीवनको उतार-चडाब बुज्नलागे।
आफ्नो अस्तितोको खोजीमा लागे।

आमा मेरी आमा तिमि छौ कता ?
सपनीमा मलाई सधै देख्छेउ होलाऊ।
बिहानीमा सम्जीसम्जी रुन्छेउ होलाऊ।
म त नयाँ जीवन दीनलाई प्रतिक्ष्या मा छु,
यी दिनका पीडा, दुखः सम्जेर,
आउछ तिम्रो याद घरिघरि।

आमा मेरी आमा येती कस्ट सहेर,
मलाई संसार देखाई दीयौ।
सकिन तिम्रो माया बुज्न पहिले,
आमा भएर महसुश गर्दैछु आज।

आमा तिमि जत्तिनै पीडा दुखः भएपनि,
देख्न चाहन्छेउ सन्तानलाई सुख।
आमा मेरी आमा तिमि छौ कता ?








1 comment:

  1. कोमल भाव! सुन्दर रचना! आमाको महानता र त्यागको सजीव चित्र उतारेको छ यहाँको कविताले।

    ReplyDelete

My Arts Clollection - The colours of life

You have colorful life like Nature- Just , Just identified and put the paint in your life canvas :-)