सावन बनी झरी दियौ ।
फूल संगै हासीरहेकी थिए,
काँडा बीजाई रुवाई गयौ ।
खोला संगै बगीरहेकी थिए,
बाध बनाई रोकी दियौ ।
आकाश संगै खेलीरहेकी थिए
पाताल लगी छोडी दीयौ।
पवन संगै उडीरहेकी थिए,
आधिआई पछाडी गयौ ।
जुनेली संगै नाच्दै थिए,
ग्रहण बनी छेकी दीयौ।
आफु संगै रमाएकी थिए,
मुटु चोरी लगी दीयौ।



No comments:
Post a Comment