Sunday, July 3, 2011

मेरो माया

भगवान म तिमि लाई छोड्न सक्छु ,
तर मेरो माया, मेरो प्रेमलाई छोड्न सक्दैना ।

भगवान तिमीले मलाई जन्म दियो यो संसारमा,
तर मेरो मायाले मलाई बाच्न कला सिकायो ।

भगवान तिमिले मलाई परिवारको संजाल दियौ,
तर मेरो मायाले मलाई पारिवारिक बाताबरण दियो ।

भगवान तिमिले मलाई संसार दियौ,
तर मेरो मायाले मलाई संसार मा रमाउन सिकायो

भगवान तिमिले मलाई प्रकृति देखायो,
तर मेरो मायाले मलाई प्रकृति मा रमाउन सिकायो ।

भगवान तिमिले मलाई मुटु दियौ,
तर मेरो मायाले मलाई मुटु धड्काउना सिकायो ।

भगवान म तिमि लाई छोड्न सक्छु,
तर मेरो माया, मेरो प्रेमलाई छोड्न सक्दैन .....

No comments:

Post a Comment

My Arts Clollection - The colours of life

You have colorful life like Nature- Just , Just identified and put the paint in your life canvas :-)